काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको गुटबन्दी अन्त्य भएको दाबी गर्दै आफ्नो नाममा कसैलाई पनि मतदानको चिट नबाँड्न चेतावनी दिएका छन्।
१५औँ महाधिवेशनलाई बुधबार सम्बोधन गर्दै थापाले विशेष र नियमित महाधिवेशन पक्षधरबीचको विवाद समाप्त भइसकेको बताए।
उनले कांग्रेसमा विगतदेखि रहँदै आएका सबैखाले गुट र उपगुटको औचित्य सकिएको दाबी गरे।
‘अब विशेष–नियमित भन्ने सकियो, यहाँ कुनै पक्ष छैन,’ थापाले भने, ‘अब छत्तिसे, चौहत्तरे, देउवा पक्ष, अर्को पक्ष कोही छैन।’
महाधिवेशनस्थलमा आफ्नो नाम जोडेर प्यानलको चिट बाँडिएकोप्रति असन्तुष्टि जनाउँदै थापाले आफ्नो कुनै छुट्टै समूह नरहेकोस्पष्ट पारे।
उनले व्यक्तिगत स्वार्थका लागि आफ्नो नाम दुरुपयोग गर्दै गुटको राजनीति नगर्न नेता–कार्यकर्तालाई आग्रह गरे।
‘गगन पक्ष भन्दै चिट बाँडेको देखेको छु। त्यो काम नगर्नुहोला,’ थापाले भने।







0 कमेन्ट
पहिले लगइन वा दर्ता गर्नुहोस्
Administrator ले Registered-only comment mode सक्रिय गर्नुभएको छ।