लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा विदेश विभाग प्रमुख मनीष झा आगामी नोभेम्बर १ मा लन्डनमा आयोजित विशेष भेटघाट तथा संवाद कार्यक्रममा सहभागी हुने भएका छन्।
रास्वपा प्रवास नेपाली सम्पर्क विभाग–यूके को आयोजनामा कार्यक्रम आइतबार बिहान ११ बजेदेखि The Woolwich College, दोस्रो तला, Equitable House, 7 General Gordon Place, Woolwich, London SE18 6FH मा आयोजना हुने विभागका सभापति पवन शर्मा ले जानकारी दिएका छन्।
कार्यक्रममा नेपालको समसामयिक राजनीति, प्रवासी नेपालीका सरोकार तथा राष्ट्र निर्माणमा उनीहरूको भूमिकाबारे प्रत्यक्ष संवाद र विचार आदानप्रदान गरिनेछ।
आयोजकले बेलायतमा रहेका नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई आफ्ना विचार तथा सुझाव राख्न आमन्त्रण गरेको छ।







0 कमेन्ट
पहिले लगइन वा दर्ता गर्नुहोस्
Administrator ले Registered-only comment mode सक्रिय गर्नुभएको छ।