२०८३ मंसिर ३ गते, बिहिबार
नेपाल समय
Voice of Nepali २०८३ मंसिर ३ गते, बिहिबार
राजनीति

बालेनको पहिलो भारत भ्रमणबारे चर्चा, मंसिर ७ को मिति प्रस्ताव!

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमणलाई लिएर नेपाल र भारतबीच कूटनीतिक छलफल तीव्र बनेको छ। प्रधानमन्त्री बालेन मंसिर ७ गते भारत भ्रमणमा जाने गरी छलफल भइरहेको स्रोतले जनाएको छ । प्रस्तावित कार्यक्रमअनुसार उनको भ्रमण मंसिर ९ गतेसम्म हुन सक्ने बताइएको छ । यद्यपि, भ्रमणको औपचारिक मिति भने सार्वजनिक भइसकेको छैन ।

भारतमा आयोजित बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन पुगेका नेपालका गृहमन्त्री सुधन गुरुङले भारतीय गृहमन्त्री अमित शाहसँग प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे छलफल गरेका थिए ।

मंगलबार भएको उक्त भेटवार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सुरक्षा सहयोग र सीमा व्यवस्थापनलगायतका विषयमा छलफल भएको भारतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाले बताएका छन् । उनका अनुसार प्रधानमन्त्रीको सम्भावित भ्रमणको विषयले पनि भेटवार्तामा स्थान पाएको थियो ।

राजदूत थापाले भ्रमणको मितिबारे खुलाउन नचाहे पनि दुवै देशले तयारी गरिरहेको र आपसी सहमतिमा मिति तय गरिने बताएका छन् ।

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार प्रस्तावित मितिलाई आधार मानेर आवश्यक तयारीसमेत अघि बढाइएको छ । प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले भ्रमणका सम्भावित एजेन्डाबारे गृहकार्य गरिरहेका छन् ।

पूर्वाधार र विकासका विषय प्राथमिकतामा

यस पटकको भारत भ्रमणमा नेपाल–भारतबीच विगतमा भएका सम्झौता तथा तिनको कार्यान्वयन, भौतिक पूर्वाधार निर्माण र विकास सहयोगका विषय प्राथमिकतामा रहने अपेक्षा गरिएको छ ।

भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिपछि भारतबाट प्राप्त हुन सक्ने थप सहयोगबारे पनि छलफल भइरहेको बताइएको छ । त्यस्तै, भारतको सहयोगमा निर्माण भएका केही महत्त्वपूर्ण परियोजनाको उद्घाटन गर्ने तयारीसमेत भइरहेको छ ।

नेपाल प्रहरी एकेडेमी, भैरहवास्थित एकीकृत जाँच चौकी (आईसीपी) र दार्चुलास्थित महाकाली नदीको पुल उद्घाटनका विषय पनि सम्भावित कार्यसूचीमा रहेको बताइएको छ । यद्यपि, यी कार्यक्रमको अन्तिम टुंगो लागिसकेको छैन ।

भ्रमणअघि उच्चस्तरीय भेटघाट तीव्र

प्रधानमन्त्रीको सम्भावित भ्रमणअघि दुवै देशका अधिकारी तथा राजनीतिक प्रतिनिधिबीच भेटघाट बढेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमण गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा पनि भारत पुगेका थिए ।

त्यस्तै, गृहमन्त्री गुरुङको भारत भ्रमणअघि भारतीय सेनाका एडजुटेन्ट जनरल लेफ्टिनेन्ट जनरल वीरेश प्रताप सिंह कौशिक नेपाल आएका थिए । यी भेटघाट र भ्रमणले नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा संवाद अघि बढाउन सहयोग पुर्‍याएको बताइएको छ ।

मोदीको निम्तोपछि बालेनको भारत भ्रमणको तयारी

प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमार्फत बधाई दिँदै बालेनलाई भारत भ्रमणको निम्तो दिएका थिए । पछि लिखित निम्तोसमेत पठाइएको थियो ।

निम्तो प्राप्त भए पनि प्रधानमन्त्री बालेनले तत्काल विदेश भ्रमणमा जाने इच्छा नदेखाएको बताइएको थियो । अहिले भने उनको भारत भ्रमणको तयारी अघि बढेको छ ।

मंसिर ७ गतेको मिति प्रस्तावित भए पनि अन्तिम निर्णय र भ्रमणको औपचारिक घोषणापछि मात्रै प्रधानमन्त्री बालेनको भारत भ्रमणको मिति तथा कार्यक्रम निश्चित हुनेछ ।

एसएस नेपाल

संवाददाता

तपाईंलाई यो समाचार कस्तो लाग्यो?

एक प्रतिक्रिया चयन गर्नुहोस्।

पाठक प्रतिक्रिया

0 कमेन्ट

एसएस नेपाल का लागि लेखकका थप सामग्री

सबै हेर्नुहोस्
लोकप्रिय समाचार
  1. 01Nepal–UK Cultural Ties Shine as Nepali Students Celebrate Dashain in London
  2. 02अमेरिकाको दोस्रो ठूलो बैंकलाई १ खर्ब ८४ अर्ब रुपैयाँ जरिवाना! आखिर के गल्ती गर्‍यो बैंकले?
  3. 03ब्रिटिश गोर्खाका विषयलाई गम्भीरताका साथ सम्बोधन गर्ने प्रस्तावित राजदूतको प्राथमिकता
  4. 04रास्वपाका मनीष झा नोभेम्बर १ मा लन्डन आउँदै, विशेष भेटघाट हुँदै
  5. 05माफी मागेपछि जेलमुक्त भए किशोर श्रेष्ठ ?
  6. 06सवारीधनीलाई ठूलो राहत:अब घरबाटै दर्ता, नामसारी र बीमा 
  7. 07प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
धेरै कमेन्ट गरिएका
  1. सोह्र श्राद्ध समापन
  2. सुदूरपश्चिममा भूकम्पको धक्का 
  3. स्वास्थ्य मन्त्रालयमा ३ उपसचिव थपिए
  4. सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुत गर्न बुधबार बोलाइएको प्रदेशसभा बैठक स्थगित
  5. प्रधानसेनापति सिग्देल र बेलायती सेना प्रमुखबीच भेटवार्ता