२०८३ मंसिर ४ गते, शुक्रबार
नेपाल समय
Voice of Nepali २०८३ मंसिर ४ गते, शुक्रबार
राजनीति

ओली–दाहालको सहकार्यको तयारी, फेरि बन्दै वाम राजनीतिक समीकरण!

काठमाडौं । आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने उद्देश्यले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालबीच संवाद अघि बढेको छ। दुवै दलले चुनावी सहकार्यका लागि पार्टीका स्थानीय कमिटीमार्फत समझदारीको आधार तयार गर्ने गृहकार्य थालेका छन्।

हाल पाँच प्रदेशमा एमाले र नेकपाबीच सत्ता साझेदारी रहेको छ। यही सहकार्यलाई आगामी निर्वाचनसम्म निरन्तरता दिने र वामपन्थी मत विभाजन हुन नदिने रणनीतिमा दुवै दलका नेताहरूले छलफल गरिरहेको समाचारमा उल्लेख छ।

एमाले सचिव भानुभक्त ढकालका अनुसार यसपटक केन्द्रबाट मात्रै गठबन्धनको खाका बनाउनेभन्दा पनि जिल्ला तथा स्थानीय तहमा बलियो समझदारी निर्माण गर्ने प्रयास भइरहेको छ। नेकपा नेता वर्षमान पुनले पनि प्रदेश सरकारबाट सुरु भएको सहकार्यलाई सदन, सडक र निर्वाचनसम्म विस्तार गर्ने सम्भावना खुला रहेको बताएका छन्।

यद्यपि, चुनावी गठबन्धनको औपचारिक सहमति भइसकेको छैन। दाहालले एमालेसँग सहकार्यको सम्भावना रहे पनि तत्काल पार्टी एकता हुने अवस्था नरहेको स्पष्ट पारेका छन्।

अन्तिम अद्यावधिक:

एसएस नेपाल

संवाददाता

तपाईंलाई यो समाचार कस्तो लाग्यो?

एक प्रतिक्रिया चयन गर्नुहोस्।

पाठक प्रतिक्रिया

0 कमेन्ट

एसएस नेपाल का लागि लेखकका थप सामग्री

सबै हेर्नुहोस्
लोकप्रिय समाचार
  1. 01Nepal–UK Cultural Ties Shine as Nepali Students Celebrate Dashain in London
  2. 02अमेरिकाको दोस्रो ठूलो बैंकलाई १ खर्ब ८४ अर्ब रुपैयाँ जरिवाना! आखिर के गल्ती गर्‍यो बैंकले?
  3. 03ब्रिटिश गोर्खाका विषयलाई गम्भीरताका साथ सम्बोधन गर्ने प्रस्तावित राजदूतको प्राथमिकता
  4. 04रास्वपाका मनीष झा नोभेम्बर १ मा लन्डन आउँदै, विशेष भेटघाट हुँदै
  5. 05माफी मागेपछि जेलमुक्त भए किशोर श्रेष्ठ ?
  6. 06सवारीधनीलाई ठूलो राहत:अब घरबाटै दर्ता, नामसारी र बीमा 
  7. 07प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
धेरै कमेन्ट गरिएका
  1. सोह्र श्राद्ध समापन
  2. सुदूरपश्चिममा भूकम्पको धक्का 
  3. स्वास्थ्य मन्त्रालयमा ३ उपसचिव थपिए
  4. सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुत गर्न बुधबार बोलाइएको प्रदेशसभा बैठक स्थगित
  5. प्रधानसेनापति सिग्देल र बेलायती सेना प्रमुखबीच भेटवार्ता