काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ।
सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीका डार्सी सर्टले ४० र आसिफ शेखले ३२ रन बनाए।
यसअघि सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै समेटिएको थियो। लुम्बिनीका किशोर महतोले ४ र शेर मल्लले ३ विकेट लिए।







0 कमेन्ट
पहिले लगइन वा दर्ता गर्नुहोस्
Administrator ले Registered-only comment mode सक्रिय गर्नुभएको छ।