२०८३ मंसिर ४ गते, शुक्रबार
नेपाल समय
Voice of Nepali २०८३ मंसिर ४ गते, शुक्रबार
प्रविधि

सवारीधनीलाई ठूलो राहत:अब घरबाटै दर्ता, नामसारी र बीमा 

काठमाडौं । सवारीसाधन खरिदबिक्रीपछि दर्ता तथा नामसारी गर्न यातायात व्यवस्था कार्यालय धाउनुपर्ने झन्झट अब हट्ने भएको छ। सरकारले सवारी दर्ता, नामसारी र बीमा प्रक्रियालाई सहज बनाउँदै सेवाग्राहीको समय र खर्च बचाउने गरी नयाँ व्यवस्था लागू गरेको हो।

यातायात व्यवस्था विभागका अनुसार ‘यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६०’ संशोधन गर्दै सवारीसाधन दर्ता तथा नामसारी प्रक्रियालाई सरल, सहज र सेवाग्राहीमैत्री बनाइएको छ। पूर्वाधार विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट संशोधित प्रावधानहरू लागू गर्न विभागले सम्बन्धित कार्यालय तथा सरोकारवालालाई निर्देशन दिएको छ।

अब दोहोरो सवारी जाँचको झन्झट हट्यो

संशोधित कार्यविधिअनुसार निजी तथा सार्वजनिक सवारीसाधन दर्ता गर्दा पहिलो पटक नामसारीका क्रममा डिलरले यातायात कार्यालयमा गराएको प्राविधिक जाँचलाई नै मान्यता दिइनेछ।

यसअघि डिलरबाट जाँच भइसकेको सवारीसाधनसमेत पुनः यातायात कार्यालयमा लगेर दोहोरो जाँच गराउनुपर्ने बाध्यता थियो। नयाँ व्यवस्थाले यस्तो प्रक्रिया हटाउँदै सेवाग्राहीलाई अनावश्यक दौडधुपबाट राहत दिने अपेक्षा गरिएको छ।

कार्यालय उपस्थित हुन नसके वारेसनामाबाटै नामसारी

सवारी खरिदकर्ता आफैं यातायात कार्यालयमा उपस्थित हुन नसक्ने अवस्थामा अब वारेसनामामार्फत पनि दर्ता तथा नामसारी गर्न सकिनेछ।

यसका लागि सवारी विक्रेता वा डिलरले खरिदकर्ताको वारेसनामा, वारेसनामा प्राप्त व्यक्तिको नेपाल सरकारबाट जारी सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो तथा खरिदकर्ताको सक्कल परिचयपत्रसहित कार्यालयमा उपस्थित गराउनुपर्नेछ।

आवश्यक कागजात पेस भएपछि सम्बन्धित कार्यालयले सोही आधारमा दर्ता तथा नामसारीको प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ।

बीमा र नवीकरणका लागि पनि कार्यालय धाउन नपर्ने

सवारीसाधनको बीमा गर्न वा बीमा नवीकरण गराउन सवारीधनी आफैं यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता पनि हटाइएको छ। यसले नियमित प्रशासनिक कामका लागि लाग्ने समय र अनावश्यक झन्झट कम गर्ने अपेक्षा गरिएको छ।

बायोमेट्रिक र प्रविधिमार्फत नामसारी प्रक्रिया

सवारीसाधन नामसारीलाई थप सुरक्षित र प्रविधिमैत्री बनाउन भेहिकल रजिस्ट्रेसन सिस्टम (VRS) मा बायोमेट्रिकसम्बन्धी प्राविधिक व्यवस्था पनि गरिएको छ।

विभागले आवश्यक प्राविधिक व्यवस्था मिलाएको सूचना जारी गरेपछि सवारी विक्रेता, वितरक वा कम्पनीले प्रणालीसँग जोडिन आवश्यक पूर्वाधार तयार गरी सम्बन्धित यातायात कार्यालयसँग प्राविधिक पहुँच माग गर्नुपर्नेछ। त्यसपछि कार्यालयले एकद्वार प्रणालीमार्फत खरिदकर्ताको बायोमेट्रिक विवरण लिन सकिने गरी पहुँच उपलब्ध गराउनुपर्ने कार्यविधिमा उल्लेख छ।

यातायात व्यवस्था विभागका निर्देशक मणि राम भुसालद्वारा जारी सूचनामा संशोधित व्यवस्थाहरू तत्काल कार्यान्वयन गर्न मातहतका कार्यालय, सवारी विक्रेता तथा सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

नयाँ व्यवस्थाले सवारीसाधन दर्ता, नामसारी र बीमासम्बन्धी काममा हुने अनावश्यक झन्झट घटाउँदै सेवाग्राहीलाई थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

अन्तिम अद्यावधिक:

एसएस नेपाल

संवाददाता

तपाईंलाई यो समाचार कस्तो लाग्यो?

एक प्रतिक्रिया चयन गर्नुहोस्।

पाठक प्रतिक्रिया

0 कमेन्ट

एसएस नेपाल का लागि लेखकका थप सामग्री

सबै हेर्नुहोस्
लोकप्रिय समाचार
  1. 01Nepal–UK Cultural Ties Shine as Nepali Students Celebrate Dashain in London
  2. 02अमेरिकाको दोस्रो ठूलो बैंकलाई १ खर्ब ८४ अर्ब रुपैयाँ जरिवाना! आखिर के गल्ती गर्‍यो बैंकले?
  3. 03ब्रिटिश गोर्खाका विषयलाई गम्भीरताका साथ सम्बोधन गर्ने प्रस्तावित राजदूतको प्राथमिकता
  4. 04रास्वपाका मनीष झा नोभेम्बर १ मा लन्डन आउँदै, विशेष भेटघाट हुँदै
  5. 05माफी मागेपछि जेलमुक्त भए किशोर श्रेष्ठ ?
  6. 06सवारीधनीलाई ठूलो राहत:अब घरबाटै दर्ता, नामसारी र बीमा 
  7. 07प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
धेरै कमेन्ट गरिएका
  1. सोह्र श्राद्ध समापन
  2. सुदूरपश्चिममा भूकम्पको धक्का 
  3. स्वास्थ्य मन्त्रालयमा ३ उपसचिव थपिए
  4. सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुत गर्न बुधबार बोलाइएको प्रदेशसभा बैठक स्थगित
  5. प्रधानसेनापति सिग्देल र बेलायती सेना प्रमुखबीच भेटवार्ता