काठमाडौं, युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो कथा सङ्ग्रह ‘बैसाखी’ काठमाडौंमा लोकार्पण गरिएको छ ।
शनिबार आयोजित समारोहमा प्रा. डा. महादेव अवस्थी, साहित्यकार तथा समालोचक ज्ञानु अधिकारी र पुस्तकका सम्पादक सुभाषचन्द्र भण्डारीले संयुक्त रूपमा कृति लोकार्पण गर्नुभयो ।
वक्ताहरूले ‘बैसाखी’मा भुइँमान्छेका जीवन, ग्रामीण परिवेश, समकालीन मनोविज्ञान र नारी संवेदनालाई सशक्त रूपमा प्रस्तुत गरिएको बताउनुभयो । लेखक जोशीको सिर्जनात्मक क्षमता, आधुनिक कथाशिल्प र साहित्यप्रतिको समर्पणको प्रशंसा गर्दै उहाँहरूले आगामी लेखन यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो ।
लेखक जोशीले आमाबाट प्राप्त साहित्यिक प्रेरणाले आफूलाई लेखनतर्फ आकर्षित गरेको बताउँदै पाठकका सुझावलाई आगामी सिर्जनाको अमूल्य निधिका रूपमा लिने उल्लेख गर्नुभयो ।
शिखा बुक्सद्वारा प्रकाशित ‘बैसाखी’को बजार मूल्य ५९५ रुपैयाँ रहेको छ ।







0 कमेन्ट
पहिले लगइन वा दर्ता गर्नुहोस्
Administrator ले Registered-only comment mode सक्रिय गर्नुभएको छ।