२०८३ मंसिर ६ गते, आइतबार
नेपाल समय
Voice of Nepali २०८३ मंसिर ६ गते, आइतबार
समाचार

उपत्यकावासीलाई सशस्त्र प्रहरीको निःशुल्क बस सुविधा

काठमाडौँ ।  दसैँका बेला सार्वजनिक यातायातको अभावमा यात्रुहरूले भोग्नुपर्ने सास्तीलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

सर्वसाधारणको आवतजावत सहज बनाउने उद्देश्यले सशस्त्र प्रहरीले दुईवटा बस सञ्चालनमा ल्याएको हो । दसैँको समयमा सार्वजनिक यातायातका साधन कम चल्ने भएकाले यात्रुलाई राहत पुर्‍याउन यो सेवा सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार उक्त सेवा आजदेखि लगातार तीन दिनसम्म सञ्चालन हुनेछ । बसहरू बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म चल्नेछन् ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट सञ्चालन हुने पहिलो बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खुलगायत क्षेत्रका यात्रुलाई सेवा दिनेछ । त्यस्तै, दोस्रो बसले सीतापाइला, कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै विभिन्न स्थानमा आवतजावत गर्ने यात्रुलाई निःशुल्क सेवा प्रदान गर्नेछ ।

दसैँका बेला सार्वजनिक यातायातको कमीका कारण यात्रुहरूले भोग्नुपर्ने कठिनाइ कम गर्न यो सेवाले सहयोग पुग्ने अपेक्षा गरिएको छ । सशस्त्र प्रहरी बलले चाडपर्वका समयमा सर्वसाधारणको सहज आवागमनलाई प्राथमिकता दिँदै निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको जनाएको छ ।

एसएस नेपाल

संवाददाता

तपाईंलाई यो समाचार कस्तो लाग्यो?

एक प्रतिक्रिया चयन गर्नुहोस्।

पाठक प्रतिक्रिया

0 कमेन्ट

एसएस नेपाल का लागि लेखकका थप सामग्री

सबै हेर्नुहोस्
लोकप्रिय समाचार
  1. 01Nepal–UK Cultural Ties Shine as Nepali Students Celebrate Dashain in London
  2. 02अमेरिकाको दोस्रो ठूलो बैंकलाई १ खर्ब ८४ अर्ब रुपैयाँ जरिवाना! आखिर के गल्ती गर्‍यो बैंकले?
  3. 03रास्वपाका मनीष झा नोभेम्बर १ मा लन्डन आउँदै, विशेष भेटघाट हुँदै
  4. 04सवारीधनीलाई ठूलो राहत:अब घरबाटै दर्ता, नामसारी र बीमा 
  5. 05प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
धेरै कमेन्ट गरिएका
  1. सोह्र श्राद्ध समापन
  2. सुदूरपश्चिममा भूकम्पको धक्का 
  3. स्वास्थ्य मन्त्रालयमा ३ उपसचिव थपिए
  4. सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुत गर्न बुधबार बोलाइएको प्रदेशसभा बैठक स्थगित
  5. प्रधानसेनापति सिग्देल र बेलायती सेना प्रमुखबीच भेटवार्ता