२०८३ मंसिर ४ गते, शुक्रबार
नेपाल समय
Voice of Nepali २०८३ मंसिर ४ गते, शुक्रबार
समाज

बेलायतमा दसैँ विशेष ‘मिट एन्ड ग्रिट’ कार्यक्रम आयोजना हुँदै

बेलायतमा दसैँ विशेष ‘मिट एन्ड ग्रिट’ कार्यक्रम आयोजना हुँदै
मिट एन्ड ग्रिट

लन्डन- नेपालीहरूको महान् चाड बडादसैँको अवसरमा बेलायतमा रहेका नेपाली समुदायलाई एकै ठाउँमा भेला गराई आपसी सद्भाव, आत्मीयता र सांस्कृतिक एकता अभिवृद्धि गर्ने उद्देश्यले ‘दसैँ स्पेसल मिट एन्ड ग्रिट’ कार्यक्रम आयोजना हुने भएको छ ।

एसएस नेपाल मिडिया प्रा.लिको आयोजनामा यही २१ अक्टोबर बुधवार साउथ ह्यारोको रोक्सेथ रिक्रियशन मैदान (HA2 8LF) मा कार्यक्रमको आयोना गरिएको कार्यक्रम संयोजक भरतराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कार्यक्रममा नेपाली समुदायका सदस्यहरूलाई एकै ठाउँमा भेला भई दसैँको खुसी साटासाट गर्ने अवसर प्रदान गरिनेछ ।

‘Let’s Gather Together, Celebrate Together’ अर्थात् ‘सँगै जुटौँ, सँगै उत्सव मनाऔँ’ भन्ने सन्देशसहित आयोजना हुन लागेको यस कार्यक्रमले विदेशमा रहेर पनि नेपाली संस्कृति, परम्परा र चाडपर्वसँगको सम्बन्धलाई जीवन्त राख्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा सहभागीहरूले नेपाली समुदायका अन्य सदस्यहरूसँग भेटघाट, परिचय तथा दसैँको उल्लास साटासाट गर्ने अवसर पाउनेछन् ।

विदेशमा परिवार तथा आफन्तबाट टाढा रहेका नेपालीहरूलाई समुदायसँग जोड्दै चाडपर्वको आत्मीयता महसुस गराउने उद्देश्य यस कार्यक्रमको आकर्षणका रूपमा रहेको कार्यक्रम संयोजक जोशीको भनाई छ । साथै कार्यक्रममा सहभागी हुन बेलायतस्थित सबै नेपाली समुदायलाई उहाँले आग्रह गर्नुभएको छ ।

साथै तल दिईएको गुगल फर्म भरेर आवश्यक जानकारीसहित कार्यक्रममा सहभागिता जनाउन सकिने आयोजकले जानकारी गराएको छ ।

CLICK HERE FOR REGISTER YOUR NAME

एसएस नेपाल

संवाददाता

भरत राज जाेशी

बेलायत बिउरो प्रमुख

जोशी यस यस नेपालका प्रकाशकका साथै बेलायत बिउरो प्रमुख समेत हुन । उनले समाजका समसामयीक विषय वस्तुमा कलम चलाउँछन् ।

तपाईंलाई यो समाचार कस्तो लाग्यो?

एक प्रतिक्रिया चयन गर्नुहोस्।

पाठक प्रतिक्रिया

0 कमेन्ट

एसएस नेपाल का लागि लेखकका थप सामग्री

सबै हेर्नुहोस्
लोकप्रिय समाचार
  1. 01Nepal–UK Cultural Ties Shine as Nepali Students Celebrate Dashain in London
  2. 02अमेरिकाको दोस्रो ठूलो बैंकलाई १ खर्ब ८४ अर्ब रुपैयाँ जरिवाना! आखिर के गल्ती गर्‍यो बैंकले?
  3. 03ब्रिटिश गोर्खाका विषयलाई गम्भीरताका साथ सम्बोधन गर्ने प्रस्तावित राजदूतको प्राथमिकता
  4. 04रास्वपाका मनीष झा नोभेम्बर १ मा लन्डन आउँदै, विशेष भेटघाट हुँदै
  5. 05माफी मागेपछि जेलमुक्त भए किशोर श्रेष्ठ ?
  6. 06सवारीधनीलाई ठूलो राहत:अब घरबाटै दर्ता, नामसारी र बीमा 
  7. 07प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
धेरै कमेन्ट गरिएका
  1. सोह्र श्राद्ध समापन
  2. सुदूरपश्चिममा भूकम्पको धक्का 
  3. स्वास्थ्य मन्त्रालयमा ३ उपसचिव थपिए
  4. सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुत गर्न बुधबार बोलाइएको प्रदेशसभा बैठक स्थगित
  5. प्रधानसेनापति सिग्देल र बेलायती सेना प्रमुखबीच भेटवार्ता