२०८३ मंसिर ४ गते, शुक्रबार
नेपाल समय
Voice of Nepali २०८३ मंसिर ४ गते, शुक्रबार
ब्रेकिङ

सर्वाधिक मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित

सर्वाधिक मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ । न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले संयुक्त राष्ट्रसंघको महासभामा खसेको १८० मतमध्ये १७३ मत प्राप्त गर्दै सदस्य चुनिएको हो । एसिया–प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशहरूमध्ये नेपालले सबैभन्दा बढी मत पाएको हो ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले निर्वाचनपछि वक्तव्य जारी गर्दै नेपाललाई विश्वास र समर्थन प्रदान गर्ने संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रप्रति आभार व्यक्त गरेको छ ।

नेपालले सन् २०२७–२०२९ कार्यकालका लागि निर्वाचित ब्राजिल, बुरुन्डी, डोमिनिकन गणतन्त्र, जर्मनी, घाना, आयरल्यान्ड, जापान, जोर्डन, कुवेत, माल्दोभा, नाइजेरिया, युक्रेन, उरुग्वे र जाम्बियालाई बधाई दिएको हो ।

नियोगले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्र तथा अन्य साझेदारहरूसँग नजिकबाट सहकार्य गर्दै मानव मर्यादाको संरक्षण, समावेशिताको प्रवर्द्धन, सामाजिक न्याय र सबैका लागि समान तथा न्यायोचित विकासलाई अघि बढाउन नेपाल प्रतिबद्ध रहेको जनाएको छ ।

नेपाल यसअघि सन् २०१८–२०२० र २०२१–२०२३ मा गरी लगातार दुई कार्यकाल परिषद्को सदस्य रहिसकेको छ । नयाँ निर्वाचनसँगै नेपाल सन् २०२७ जनवरी १ देखि तेस्रो कार्यकालका लागि परिषद्को सदस्य बन्नेछ ।

सन् २००६ मा स्थापना भएको संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् मानवअधिकारको संरक्षण र प्रवर्द्धनका लागि काम गर्ने संयुक्त राष्ट्रसंघको प्रमुख अन्तरसरकारी निकाय हो । स्विट्जरल्यान्डको जेनेभामा मुख्यालय रहेको परिषद्मा भौगोलिक प्रतिनिधित्वका आधारमा ४७ सदस्य राष्ट्र रहने व्यवस्था छ । सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रसंघको महासभाबाट तीन वर्षका लागि निर्वाचित हुन्छन् ।

अन्तिम अद्यावधिक:

एसएस नेपाल

संवाददाता

तपाईंलाई यो समाचार कस्तो लाग्यो?

एक प्रतिक्रिया चयन गर्नुहोस्।

पाठक प्रतिक्रिया

0 कमेन्ट

एसएस नेपाल का लागि लेखकका थप सामग्री

सबै हेर्नुहोस्
लोकप्रिय समाचार
  1. 01Nepal–UK Cultural Ties Shine as Nepali Students Celebrate Dashain in London
  2. 02अमेरिकाको दोस्रो ठूलो बैंकलाई १ खर्ब ८४ अर्ब रुपैयाँ जरिवाना! आखिर के गल्ती गर्‍यो बैंकले?
  3. 03ब्रिटिश गोर्खाका विषयलाई गम्भीरताका साथ सम्बोधन गर्ने प्रस्तावित राजदूतको प्राथमिकता
  4. 04रास्वपाका मनीष झा नोभेम्बर १ मा लन्डन आउँदै, विशेष भेटघाट हुँदै
  5. 05माफी मागेपछि जेलमुक्त भए किशोर श्रेष्ठ ?
  6. 06सवारीधनीलाई ठूलो राहत:अब घरबाटै दर्ता, नामसारी र बीमा 
  7. 07प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
धेरै कमेन्ट गरिएका
  1. सोह्र श्राद्ध समापन
  2. सुदूरपश्चिममा भूकम्पको धक्का 
  3. स्वास्थ्य मन्त्रालयमा ३ उपसचिव थपिए
  4. सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुत गर्न बुधबार बोलाइएको प्रदेशसभा बैठक स्थगित
  5. प्रधानसेनापति सिग्देल र बेलायती सेना प्रमुखबीच भेटवार्ता