काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नै स्थायी स्वामित्वमा केन्द्रीय कार्यालय निर्माण गर्न घर तथा जग्गा खरिदको प्रक्रिया अघि बढाएको छ । पार्टीले उपयुक्त घर वा जग्गा बिक्री गर्न इच्छुक धनीहरूबाट औपचारिक प्रस्ताव आह्वान गरेको हो ।
पार्टीको द्रुत गतिमा विस्तार भइरहेको साङ्गठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वलाई ध्यानमा राख्दै स्थायी कार्यालय संरचना निर्माण गर्न लागिएको रास्वपाले जनाएको छ । गत असोज १७ गते बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय कार्यालयलाई आफ्नै स्वामित्वको संरचनामा स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।
के-के छन् शर्त र मापदण्ड ?
रास्वपाद्वारा जारी सूचना अनुसार इच्छुक घरधनी वा जग्गाधनीले सूचना प्रकाशित भएको २१ दिनभित्र आफ्नो प्रस्ताव पेस गरिसक्नुपर्नेछ ।
- स्थान: काठमाडौं उपत्यकाभित्र चक्रपथसँग जोडिएको हुनुपर्ने,
- क्षेत्रफल: कम्तीमा ३ रोपनी जग्गा (वा सोही क्षेत्रफलमा फैलिएको घर/पूर्वाधार),
- सुविधा: सहज आवागमन, पर्याप्त भौतिक पूर्वाधार र कार्यालय सञ्चालनका लागि अनुकूल वातावरण हुनुपर्ने,
हालको अवस्था: रास्वपाको केन्द्रीय कार्यालय हाल काठमाडौंको वनस्थलीस्थित भाडाको भवनबाट सञ्चालन हुँदै आएको छ ।







0 कमेन्ट
पहिले लगइन वा दर्ता गर्नुहोस्
Administrator ले Registered-only comment mode सक्रिय गर्नुभएको छ।