लन्डन- नेपालीहरूको महान् चाड बडादसैँको अवसरमा बेलायतमा रहेका नेपाली समुदायलाई एकै ठाउँमा भेला गराई आपसी सद्भाव, आत्मीयता र सांस्कृतिक एकता अभिवृद्धि गर्ने उद्देश्यले ‘दसैँ स्पेसल मिट एन्ड ग्रिट’ कार्यक्रम आयोजना हुने भएको छ ।
एसएस नेपाल मिडिया प्रा.लिको आयोजनामा यही २१ अक्टोबर बुधवार साउथ ह्यारोको रोक्सेथ रिक्रियशन मैदान (HA2 8LF) मा कार्यक्रमको आयोना गरिएको कार्यक्रम संयोजक भरतराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कार्यक्रममा नेपाली समुदायका सदस्यहरूलाई एकै ठाउँमा भेला भई दसैँको खुसी साटासाट गर्ने अवसर प्रदान गरिनेछ ।
‘Let’s Gather Together, Celebrate Together’ अर्थात् ‘सँगै जुटौँ, सँगै उत्सव मनाऔँ’ भन्ने सन्देशसहित आयोजना हुन लागेको यस कार्यक्रमले विदेशमा रहेर पनि नेपाली संस्कृति, परम्परा र चाडपर्वसँगको सम्बन्धलाई जीवन्त राख्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा सहभागीहरूले नेपाली समुदायका अन्य सदस्यहरूसँग भेटघाट, परिचय तथा दसैँको उल्लास साटासाट गर्ने अवसर पाउनेछन् ।
विदेशमा परिवार तथा आफन्तबाट टाढा रहेका नेपालीहरूलाई समुदायसँग जोड्दै चाडपर्वको आत्मीयता महसुस गराउने उद्देश्य यस कार्यक्रमको आकर्षणका रूपमा रहेको कार्यक्रम संयोजक जोशीको भनाई छ । साथै कार्यक्रममा सहभागी हुन बेलायतस्थित सबै नेपाली समुदायलाई उहाँले आग्रह गर्नुभएको छ ।
साथै तल दिईएको गुगल फर्म भरेर आवश्यक जानकारीसहित कार्यक्रममा सहभागिता जनाउन सकिने आयोजकले जानकारी गराएको छ ।







0 कमेन्ट
पहिले लगइन वा दर्ता गर्नुहोस्
Administrator ले Registered-only comment mode सक्रिय गर्नुभएको छ।