धनगढी । धनगढी उपमहानगरपालिकाले दसैँका दिन टीका थाप्न आवतजावत गर्ने नागरिकका लागि निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ ।
उपमहानगरपालिकाका मेयर गोपाल हमालका अनुसार ट्राफिक चौराह, सहिद गेट चोक र क्याम्पस चोकबाट सेवा उपलब्ध गराइनेछ ।
नगर प्रहरीमार्फत जिप र मोटरसाइकल प्रयोग गरी सञ्चालन गरिने उक्त सेवाबाट दसैँमा आफन्तकहाँ टीका थाप्न जानुपर्ने तर आफ्नै सवारीसाधन नभएका नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ ।
मेयर हमालले आवश्यक परेका नागरिकलाई निःशुल्क यातायात सेवाको उपयोग गर्न आग्रह गरेका छन् ।







0 कमेन्ट
पहिले लगइन वा दर्ता गर्नुहोस्
Administrator ले Registered-only comment mode सक्रिय गर्नुभएको छ।