२०८३ मंसिर ३ गते, बिहिबार
नेपाल समय
Voice of Nepali २०८३ मंसिर ३ गते, बिहिबार
समाज

चाडपर्व खर्च पाउनुभएन ? अब चुप नबस्नुहोस्, यसरी दिनुहोस् उजुरी !

काठमाडौं । श्रमिकले आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार मनाउने चाडपर्वका लागि पाउनुपर्ने खर्च नपाए सम्बन्धित निकायमा उजुरी दिन सक्ने भएका छन्। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानलाई कानुनअनुसार श्रमिकलाई चाडपर्व खर्च उपलब्ध गराउन आग्रह गरेको छ।

श्रम ऐन, २०७४ को दफा ३७ अनुसार श्रमिकले प्रत्येक वर्ष आफ्नो धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाजअनुसार मनाउने चाडपर्वका लागि एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ। यसलाई सामान्यतया दसैँ खर्च वा दसैँ बोनस भन्ने गरिए पनि यो सुविधा दसैँमा मात्र सीमित छैन।

विभागका महानिर्देशक चक्रपाणी पाण्डेका अनुसार चाडपर्व खर्च उपलब्ध नगराउने प्रतिष्ठानविरुद्ध श्रमिकले उजुरी दिन सक्छन्। तर, उजुरीमा आवश्यक विवरण स्पष्ट नहुँदा सम्बन्धित निकायलाई कारबाही प्रक्रिया अघि बढाउन कठिनाइ हुने गरेको उनले बताएका छन्।

उनले उजुरी दिँदा उजुरीकर्ताको नाम, ठेगाना तथा उजुरी परेको रोजगारदाता वा प्रतिष्ठानको स्पष्ट विवरण खुलाउन आग्रह गरेका छन्।

चाडपर्व खर्च नपाए कहाँ दिने उजुरी?

कानुनअनुसार पाउनुपर्ने चाडपर्व खर्च नपाएका श्रमिक तथा कामदारले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा निवेदन दिन सक्छन्।

त्यसैगरी, विभागको वेबसाइटमा उपलब्ध क्यूआर कोडमार्फत फारम भरेर पनि उजुरी दिन सकिने व्यवस्था रहेको विभागले जनाएको छ।

उजुरी दिन किन हिचकिचाउँछन् श्रमिक?

चाडपर्व खर्च नपाउँदा पनि कतिपय श्रमिक रोजगार गुम्ने डर, उजुरी प्रक्रिया झन्झटिलो हुने आशङ्का तथा समय र खर्च लाग्ने चिन्ताका कारण सम्बन्धित निकायसम्म पुग्न हिचकिचाउने गरेका कानुन व्यवसायीहरू बताउँछन्।

तर, कानुनले सुनिश्चित गरेको सुविधा नपाएमा श्रमिकले सम्बन्धित निकायमा उजुरी दिन सक्ने व्यवस्था छ। त्यसैले उजुरी गर्दा आवश्यक विवरण र उपलब्ध प्रमाण व्यवस्थित रूपमा पेस गर्नु महत्त्वपूर्ण हुन्छ।

श्रमिकका लागि महत्त्वपूर्ण जानकारी: चाडपर्व खर्च पाउनु रोजगारदाताको कानुनी दायित्व हो। आफूले पाउनुपर्ने सुविधा नपाएको अवस्थामा सम्बन्धित श्रम कार्यालय वा विभागसँग सम्पर्क गरी उजुरी प्रक्रियाबारे जानकारी लिन सकिन्छ।

अन्तिम अद्यावधिक:

एसएस नेपाल

संवाददाता

तपाईंलाई यो समाचार कस्तो लाग्यो?

एक प्रतिक्रिया चयन गर्नुहोस्।

पाठक प्रतिक्रिया

0 कमेन्ट

एसएस नेपाल का लागि लेखकका थप सामग्री

सबै हेर्नुहोस्
लोकप्रिय समाचार
  1. 01Nepal–UK Cultural Ties Shine as Nepali Students Celebrate Dashain in London
  2. 02अमेरिकाको दोस्रो ठूलो बैंकलाई १ खर्ब ८४ अर्ब रुपैयाँ जरिवाना! आखिर के गल्ती गर्‍यो बैंकले?
  3. 03ब्रिटिश गोर्खाका विषयलाई गम्भीरताका साथ सम्बोधन गर्ने प्रस्तावित राजदूतको प्राथमिकता
  4. 04रास्वपाका मनीष झा नोभेम्बर १ मा लन्डन आउँदै, विशेष भेटघाट हुँदै
  5. 05माफी मागेपछि जेलमुक्त भए किशोर श्रेष्ठ ?
  6. 06सवारीधनीलाई ठूलो राहत:अब घरबाटै दर्ता, नामसारी र बीमा 
  7. 07प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
धेरै कमेन्ट गरिएका
  1. सोह्र श्राद्ध समापन
  2. सुदूरपश्चिममा भूकम्पको धक्का 
  3. स्वास्थ्य मन्त्रालयमा ३ उपसचिव थपिए
  4. सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुत गर्न बुधबार बोलाइएको प्रदेशसभा बैठक स्थगित
  5. प्रधानसेनापति सिग्देल र बेलायती सेना प्रमुखबीच भेटवार्ता