२०८३ मंसिर ४ गते, शुक्रबार
नेपाल समय
Voice of Nepali २०८३ मंसिर ४ गते, शुक्रबार
समाचार

समयमै नबन्ने निश्चित! गौतमबुद्ध क्रिकेट रंगशालाको म्याद थप्ने तयारी

भरतपुर । चितवनको भरतपुर–१५ मा निर्माणाधीन गौतमबुद्ध निर्धारित समयमै सम्पन्न नहुने भएको छ। निर्माण अवधि सकिन साढे दुई महिना मात्रै बाँकी रहँदा भौतिक प्रगति ६० प्रतिशत पुगेको छ।

निर्माण कम्पनी हिमालयन–कालिञ्चोक बीबीआर जेभीले निर्माण सामग्रीको मूल्यवृद्धि, बजेट निकासामा ढिलाइ, मौसम र पुराना संरचनामा काम गर्नुपरेका कारण निर्माण प्रभावित भएको जनाएको छ।

विशेषगरी क्रिकेट मैदानको काम ४.१७ प्रतिशत मात्रै सम्पन्न भएकाले समयमै निर्माण पूरा गर्न कठिन देखिएको हो। कम्पनीले बाँकी काम सम्पन्न गर्न भरतपुर महानगरपालिकासँग थप ६ महिना म्याद माग्ने तयारी गरेको छ।

यसैबीच, निर्माण लागत ७८ करोड ५० लाख रुपैयाँबाट बढेर ८६ करोड २४ लाख रुपैयाँ पुगेको छ। महानगरपालिकाले भने म्याद थपको औपचारिक प्रस्ताव आए सार्वजनिक खरिद ऐनअनुसार निर्णय गर्ने जनाएको छ।

धुर्मुस–सुन्तली फाउन्डेसनले आर्थिक अभावका कारण निर्माण अघि बढाउन नसकेपछि भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारको सहकार्यमा रंगशाला निर्माण पुनः सुरु गरिएको थियो।

अन्तिम अद्यावधिक:

एसएस नेपाल

संवाददाता

तपाईंलाई यो समाचार कस्तो लाग्यो?

एक प्रतिक्रिया चयन गर्नुहोस्।

पाठक प्रतिक्रिया

0 कमेन्ट

एसएस नेपाल का लागि लेखकका थप सामग्री

सबै हेर्नुहोस्
लोकप्रिय समाचार
  1. 01Nepal–UK Cultural Ties Shine as Nepali Students Celebrate Dashain in London
  2. 02अमेरिकाको दोस्रो ठूलो बैंकलाई १ खर्ब ८४ अर्ब रुपैयाँ जरिवाना! आखिर के गल्ती गर्‍यो बैंकले?
  3. 03ब्रिटिश गोर्खाका विषयलाई गम्भीरताका साथ सम्बोधन गर्ने प्रस्तावित राजदूतको प्राथमिकता
  4. 04रास्वपाका मनीष झा नोभेम्बर १ मा लन्डन आउँदै, विशेष भेटघाट हुँदै
  5. 05माफी मागेपछि जेलमुक्त भए किशोर श्रेष्ठ ?
  6. 06सवारीधनीलाई ठूलो राहत:अब घरबाटै दर्ता, नामसारी र बीमा 
  7. 07प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
धेरै कमेन्ट गरिएका
  1. सोह्र श्राद्ध समापन
  2. सुदूरपश्चिममा भूकम्पको धक्का 
  3. स्वास्थ्य मन्त्रालयमा ३ उपसचिव थपिए
  4. सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुत गर्न बुधबार बोलाइएको प्रदेशसभा बैठक स्थगित
  5. प्रधानसेनापति सिग्देल र बेलायती सेना प्रमुखबीच भेटवार्ता