२०८३ मंसिर ४ गते, शुक्रबार
नेपाल समय
Voice of Nepali २०८३ मंसिर ४ गते, शुक्रबार
अन्तर्राष्ट्रिय

प्रार्थनाका बेला भित्ताको क्रस खस्दा पादरीको मृत्यु

काठमाडौं ।  दक्षिण अमेरिकी देश इक्वेडरको गुयाकिल सहरमा चर्चभित्र प्रार्थना चलिरहेका बेला भित्तामा झुन्ड्याइएको क्रुस खसेर एक क्याथोलिक पादरीको मृत्यु भएको छ।

शनिबार साँझ ‘आवर लेडी अफ पर्पेच्युअल हेल्प’ चर्चमा भएको दुर्घटनामा पादरी पेट्रिसियो अल्फ्रेडो सान्चेज मोलिनारीको मृत्यु भएको हो। चर्च प्रशासनले उनको निधन पुष्टि गरेको छ।

समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार प्रार्थनासभा सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण भइरहेको थियो। सोही क्रममा जिजस क्राइस्टको प्रतिमा रहेको काठको क्रुस भित्ताबाट खसेर पादरीको टाउकोमा लागेको थियो।

एनबीसी न्युजका अनुसार दुर्घटना हुँदा सान्चेज प्रार्थनामा सहभागी व्यक्तितर्फ फर्किरहेका थिए। पछाडिबाट क्रुस खस्दै गरेको उनले देख्न पाएनन्। क्रुसले लागेपछि उनी भुइँमा ढलेका थिए भने उपस्थित मानिसहरू उनलाई सहयोग गर्न तत्काल दौडिएका थिए।

दुर्घटनाको दृश्य प्रत्यक्ष प्रसारणमा देखिएको थियो। पछि उक्त प्रसारणको भिडियो हटाइएको एनबीसी न्युजले जनाएको छ।

दुर्घटनाअघि जीवनको महत्त्वबारे प्रवचन

दुर्घटना हुनुअघि पादरी सान्चेजले आफ्नो प्रवचनमा जीवनको क्षणभंगुरता तथा ईश्वर र परिवारका लागि समय छुट्याउनुको महत्त्वबारे बोलेका थिए।

‘द इकोनोमिक टाइम्स’का अनुसार उनले मृत्यु जीवनको अनिवार्य सत्य भएको उल्लेख गर्दै उपलब्ध समयलाई अर्थपूर्ण काममा लगाउन आग्रह गरेका थिए।

सान्चेज उक्त चर्चका पादरी हुनुका साथै ‘कङ्ग्रिगेसन अफ द मोस्ट होली रिडिमर’ नामक क्याथोलिक धार्मिक समुदायका सदस्य थिए। सन् १७३२ मा स्थापना भएको उक्त समुदाय गरिब तथा उपेक्षित समुदायका मानिसमाझ धार्मिक सेवा र प्रचारमा केन्द्रित छ।

उनले यसअघि इक्वेडरकै लस रिओस प्रान्तस्थित सान लोरेन्जो डे भिन्सेस चर्चमा पनि सेवा गरेका थिए।

अन्तिम अद्यावधिक:

एसएस नेपाल

संवाददाता

तपाईंलाई यो समाचार कस्तो लाग्यो?

एक प्रतिक्रिया चयन गर्नुहोस्।

पाठक प्रतिक्रिया

0 कमेन्ट

एसएस नेपाल का लागि लेखकका थप सामग्री

सबै हेर्नुहोस्
लोकप्रिय समाचार
  1. 01Nepal–UK Cultural Ties Shine as Nepali Students Celebrate Dashain in London
  2. 02अमेरिकाको दोस्रो ठूलो बैंकलाई १ खर्ब ८४ अर्ब रुपैयाँ जरिवाना! आखिर के गल्ती गर्‍यो बैंकले?
  3. 03ब्रिटिश गोर्खाका विषयलाई गम्भीरताका साथ सम्बोधन गर्ने प्रस्तावित राजदूतको प्राथमिकता
  4. 04रास्वपाका मनीष झा नोभेम्बर १ मा लन्डन आउँदै, विशेष भेटघाट हुँदै
  5. 05माफी मागेपछि जेलमुक्त भए किशोर श्रेष्ठ ?
  6. 06सवारीधनीलाई ठूलो राहत:अब घरबाटै दर्ता, नामसारी र बीमा 
  7. 07प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
धेरै कमेन्ट गरिएका
  1. सोह्र श्राद्ध समापन
  2. सुदूरपश्चिममा भूकम्पको धक्का 
  3. स्वास्थ्य मन्त्रालयमा ३ उपसचिव थपिए
  4. सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुत गर्न बुधबार बोलाइएको प्रदेशसभा बैठक स्थगित
  5. प्रधानसेनापति सिग्देल र बेलायती सेना प्रमुखबीच भेटवार्ता