२०८३ मंसिर ४ गते, शुक्रबार
नेपाल समय
Voice of Nepali २०८३ मंसिर ४ गते, शुक्रबार
कृषि

जुम्लाबाट ७ हजार ३३० मेट्रिकटन स्याउ निर्यात, किसान उत्साहित

जुम्ला । जुम्लाबाट यस वर्ष हालसम्म ७ हजार ३३० मेट्रिकटन स्याउ अन्य जिल्लामा निर्यात भएको छ । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा उत्पादित स्याउ बाहिरी बजारमा पुग्ने क्रम जारी छ ।

कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार यस वर्ष जुम्लामा करिब १९ हजार ५०० मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ। उत्पादनका आधारमा जिल्लामा करिब ५५ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको उनले जानकारी दिए। हाल किसानले बगैँचाबाटै प्रतिकेजी न्यूनतम ७५ रुपैयाँमा स्याउ बिक्री गरिरहेका छन्।

जुम्लाको तातोपानी गाउँपालिका–६ बाँजारावालामा सात हजार १४० रोपनी क्षेत्रफलमा सामूहिक स्याउ खेती गरिएको छ। उक्त क्षेत्रबाट यस वर्ष ३४ मेट्रिकटन स्याउ उत्पादन भएको र त्यसबाट करिब ३० लाख रुपैयाँ बराबरको बिक्री भएको कार्यालय प्रमुख अधिकारीले बताएका छन्।

जिल्लामा करिब चार हजार ६०५ हेक्टर अर्थात् ९२ हजार ८० रोपनी क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ। चालु आर्थिक वर्षमा थप १०८ हेक्टर अर्थात् दुई हजार १६० रोपनी क्षेत्रमा स्याउ खेती विस्तार गर्ने लक्ष्य कृषि विकास कार्यालयले लिएको छ।

फुजीसहित विभिन्न जातका स्याउ उत्पादन

जुम्लामा स्थानीय जातका स्याउसँगै उच्च गुणस्तरको फुजी स्याउ पनि खेती गरिँदै आएको छ। कृषि विकास कार्यालयका अनुसार फुजी स्याउ ५२ हेक्टर क्षेत्रफलमा लगाइएको छ भने यस वर्ष ४९ हेक्टरमा उत्पादन भएको छ।

त्यसैगरी, रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन, रिचा रेड, जनाथन र स्परलगायत जातका स्याउको खेती तथा बिक्रीवितरण हुँदै आएको छ।

केही व्यापारीले स्याउ कोल्ड स्टोर तथा घरमै भण्डारण गरेर राखेकाले आगामी दिनमा निर्यातको परिमाण र कारोबार थप बढ्न सक्ने कार्यालयको अनुमान छ।

१९ हजार घरधुरी स्याउ खेतीमा निर्भर

कृषि विकास कार्यालयका अनुसार जुम्लाका आठवटै स्थानीय तहका करिब १९ हजार घरधुरी स्याउ खेतीमा निर्भर छन्। स्याउ जिल्लाका किसानको आम्दानीको महत्त्वपूर्ण स्रोत बनेको छ।

हिमा गाउँपालिकाकी स्थानीय स्याउ व्यापारी माया रोकायाले जिल्लाबाट एक हजार ५०० कार्टुन स्याउ खरिद गरी नेपालगञ्जमा बिक्री गरेको जानकारी दिइन्। यसले जुम्लाको स्याउ बाहिरी बजारमा समेत पुगिरहेको देखाउँछ।

यस वर्ष बजारमा जुम्लाको स्याउले राम्रो माग पाएको स्थानीय व्यवसायीहरूको भनाइ छ । उत्पादन, भण्डारण र बजार विस्तारसँगै जिल्लाको स्याउ व्यापार थप बढ्ने अपेक्षा गरिएको छ ।

अन्तिम अद्यावधिक:

एसएस नेपाल

संवाददाता

तपाईंलाई यो समाचार कस्तो लाग्यो?

एक प्रतिक्रिया चयन गर्नुहोस्।

पाठक प्रतिक्रिया

0 कमेन्ट

एसएस नेपाल का लागि लेखकका थप सामग्री

सबै हेर्नुहोस्
लोकप्रिय समाचार
  1. 01Nepal–UK Cultural Ties Shine as Nepali Students Celebrate Dashain in London
  2. 02अमेरिकाको दोस्रो ठूलो बैंकलाई १ खर्ब ८४ अर्ब रुपैयाँ जरिवाना! आखिर के गल्ती गर्‍यो बैंकले?
  3. 03ब्रिटिश गोर्खाका विषयलाई गम्भीरताका साथ सम्बोधन गर्ने प्रस्तावित राजदूतको प्राथमिकता
  4. 04रास्वपाका मनीष झा नोभेम्बर १ मा लन्डन आउँदै, विशेष भेटघाट हुँदै
  5. 05माफी मागेपछि जेलमुक्त भए किशोर श्रेष्ठ ?
  6. 06सवारीधनीलाई ठूलो राहत:अब घरबाटै दर्ता, नामसारी र बीमा 
  7. 07प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
धेरै कमेन्ट गरिएका
  1. सोह्र श्राद्ध समापन
  2. सुदूरपश्चिममा भूकम्पको धक्का 
  3. स्वास्थ्य मन्त्रालयमा ३ उपसचिव थपिए
  4. सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुत गर्न बुधबार बोलाइएको प्रदेशसभा बैठक स्थगित
  5. प्रधानसेनापति सिग्देल र बेलायती सेना प्रमुखबीच भेटवार्ता