काठमाडौँ — च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका पाँच प्रहरीलाई सरकारले सोमबार बिहानदेखि फिर्ता बोलाएको छ।
एमाले केन्द्रीय कार्यालयका प्रमुख सचिव भीष्म अधिकारीका अनुसार कार्यालयमा सुरक्षा दिँदै आएका प्रहरी हटाइएपछि सुरक्षाको वैकल्पिक व्यवस्था गर्ने तयारी भइरहेको छ।
एमालेको केन्द्रीय कार्यालय बल्खुमा रहँदादेखि नै प्रहरीले सुरक्षा प्रदान गर्दै आएको थियो। त्यसपछि धुम्बाराही र थापाथलीमा कार्यालय सर्दासमेत प्रहरी परिचालनको व्यवस्था निरन्तर रहँदै आएको अधिकारीले बताएका छन्।
कान्तिपुरसँग कुरा गर्दै अधिकारीले पार्टी कार्यालयलाई सार्वजनिक संस्थाका रूपमा लिँदै प्रहरीले सुरक्षा दिँदै आएको उल्लेख गरे। सोमबार बिहानदेखि पाँच सुरक्षाकर्मी फिर्ता बोलाइएको जानकारी पाएपछि आफूहरू आश्चर्यमा परेको उनको भनाइ छ।
अधिकारीका अनुसार कार्यालयको आवश्यकताअनुसार सुरक्षाकर्मीको संख्या समय–समयमा घटबढ हुँदै आएको थियो।







0 कमेन्ट
पहिले लगइन वा दर्ता गर्नुहोस्
Administrator ले Registered-only comment mode सक्रिय गर्नुभएको छ।