धनगढी । कैलालीको धनगढीस्थित पुरानो भन्सार चोक, मेनरोडमा विद्युतीय तथा इलेक्ट्रोनिक उपकरणको थोक विक्रेता ‘निहारिका इलेक्ट्रोनिक्स हब’ सञ्चालनमा आएको छ।
घटस्थापनाको अवसर पारेर आइतबारदेखि सञ्चालनमा आएको हबमा एसी, टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, मिक्सर, पंखा, ल्यापटप र अडियो सिस्टमलगायत विभिन्न विद्युतीय तथा इलेक्ट्रोनिक उपकरण उपलब्ध हुने सञ्चालकले बताएका छन्।
विगत १८ वर्षदेखि धनगढीमा ‘निहारिका मोबाइल सप’ मार्फत सेवा दिँदै आएका व्यवसायी सन्तोष मण्डल धानुकले आफ्नो व्यावसायिक यात्रालाई विस्तार गर्दै इलेक्ट्रोनिक्स हब सञ्चालनमा ल्याएका हुन्।
हबको उद्घाटन कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले गरेका थिए। उद्घाटनका अवसरमा ओझाले व्यवसायको सफलताको शुभकामना दिँदै निजी क्षेत्रबाट हुने नयाँ व्यावसायिक लगानीले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताए।
“नयाँ व्यवसाय सञ्चालनमा आउँदा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारीका अवसर सिर्जना हुनुका साथै आर्थिक गतिविधि पनि बढ्छ,” ओझाले भने।
निहारिका इलेक्ट्रोनिक्स हबका सञ्चालक धानुकले लामो समयदेखि मोबाइल व्यवसायमार्फत ग्राहकबाट पाएको विश्वासकै आधारमा इलेक्ट्रोनिक्स क्षेत्रमा व्यवसाय विस्तार गरिएको बताए।
उनका अनुसार हबको उद्घाटनसँगै विभिन्न विद्युतीय तथा इलेक्ट्रोनिक सामग्रीमा विशेष छुटको व्यवस्था गरिएको छ। उक्त छुट तथा प्रवर्द्धनात्मक अफर चाडपर्व अवधिभर सञ्चालन हुने उनले जानकारी दिए।
“विगत १८ वर्षदेखि निहारिका मोबाइल सपलाई ग्राहकले दिनुभएको साथ र विश्वास हाम्रा लागि ठूलो सम्पत्ति हो,” धानुकले भने, “त्यही विश्वास निहारिका इलेक्ट्रोनिक्स हबप्रति पनि रहने अपेक्षा गरेका छौँ।”
उनले ग्राहकको आवश्यकता अनुसार विभिन्न प्रकारका विद्युतीय तथा इलेक्ट्रोनिक उपकरण उपलब्ध गराउँदै व्यवसायलाई व्यवस्थित रूपमा अघि बढाउने योजना रहेको बताए।







0 कमेन्ट
पहिले लगइन वा दर्ता गर्नुहोस्
Administrator ले Registered-only comment mode सक्रिय गर्नुभएको छ।