काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजन गर्ने सम्झौता गरेको छ । कम्पनीले आफ्नो ब्रान्ड प्रवर्द्धनसँगै नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय स्तरमा विस्तारका लागि सहकार्य गर्ने जनाएको छ ।
नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्ली अधिकारीका अनुसार कम्पनीले यसअघि पनि नेपाल क्रिकेट संघ (क्यान) तथा विभिन्न क्रिकेट प्रतियोगितामा प्रायोजन गर्दै आएको छ । एनपीएलसँगको साझेदारीले कम्पनीको सहभागितालाई राष्ट्रियस्तरको व्यावसायिक क्रिकेट प्रतियोगितासम्म विस्तार गरेको उनले बताए ।
अधिकारीले यो सहकार्य व्यावसायिक प्रवर्द्धनमा मात्र सीमित नभई संस्थागत सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको उल्लेख गरे । उनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एनपीएलले औपचारिक मान्यता पाउनुलाई नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि भन्दै क्यानलाई बधाई दिए ।
आगामी संस्करण अघिल्ला दुई सिजनभन्दा अझ व्यापक र लोकप्रिय हुने अपेक्षा व्यक्त गर्दै अधिकारीले प्रतियोगिताको सफलताको कामना गरे । नेपाल टेलिकमले यस साझेदारीबाट नेपाली क्रिकेटको संस्थागत विकास र अन्तर्राष्ट्रिय पहिचान विस्तारमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।







0 कमेन्ट
पहिले लगइन वा दर्ता गर्नुहोस्
Administrator ले Registered-only comment mode सक्रिय गर्नुभएको छ।