काठमाडौं । नेपालसँग नियमित प्रतिस्पर्धा गर्ने चार टोलीले एकदिवसीय (ओडीआई) विश्वकप खेलिसकेका छन् । नेदरल्यान्ड्स, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई) र नामिबियाले विभिन्न समयमा विश्वकपमा सहभागिता जनाएका हुन् ।
यीमध्ये नेदरल्यान्ड्सले पाँचपटक, स्कटल्यान्डले तीनपटक र यूएईले दुईपटक विश्वकप खेलेका छन् । नामिबियाले भने सन् २००३ मा पहिलो तथा हालसम्म एकपटक मात्रै विश्वकप खेलेको छ ।
नेदरल्यान्ड्सले सन् १९९६, २००३, २००७, २०११ र २०२३ को विश्वकप खेलेको थियो। स्कटल्यान्डले १९९९, २००७ र २०१५ मा सहभागिता जनाएको थियो । यूएईले सन् १९९६ र २०१५ मा विश्वकप खेलेको थियो ।
नेपालले अहिलेसम्म ओडीआई विश्वकपको मुख्य प्रतियोगितामा स्थान बनाउन सकेको छैन । यद्यपि, नेपालले यी अनुभवी टोलीहरूसँग नियमित प्रतिस्पर्धा गर्दै आफ्नो स्तर सुधार्ने र विश्वकपमा पुग्ने लक्ष्य पछ्याइरहेको छ ।
सन् २०२७ को ओडीआई विश्वकपमा छनोट हुन नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा राम्रो प्रदर्शन गर्नुपर्नेछ । लिग–२ का शीर्ष चार टोली विश्वकप छनोटमा पुग्नेछन् भने अन्य टोलीले प्लेअफमार्फत अवसर पाउनेछन ।







0 कमेन्ट
पहिले लगइन वा दर्ता गर्नुहोस्
Administrator ले Registered-only comment mode सक्रिय गर्नुभएको छ।