काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा उल्लेख्य सफलता हासिल गर्दै सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ।
पार्टीले स्थानीय तहमा आफ्ना उम्मेदवार छनोट गर्न ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन आह्वान गरेको छ। यस प्रक्रियाअन्तर्गत देशभरका ७५३ स्थानीय तहमा उम्मेदवार छनोट गर्ने तयारी रास्वपाले अघि बढाएको छ।
रास्वपाले गाउँपालिका तथा नगरपालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यका पदमा उम्मेदवार बन्न इच्छुक व्यक्तिलाई आवेदन प्रक्रियामा सहभागी गराउने योजना बनाएको छ।
पार्टीका अनुसार क्यान्डिडेट क्लब उम्मेदवार बन्न इच्छुक व्यक्तिको योग्यता, पृष्ठभूमि र क्षमता पहिचान गरी छनोट प्रक्रियालाई व्यवस्थित बनाउने माध्यम हो।
यस प्रक्रियामार्फत स्थानीय तहमा नेतृत्व गर्न इच्छुक व्यक्तिहरूलाई पार्टीको निर्धारित मापदण्डअनुसार उम्मेदवार बन्ने अवसर प्रदान गरिनेछ।
रास्वपाले स्थानीय तहमा सक्षम, इमानदार र जनउत्तरदायी नेतृत्व अघि सार्ने उद्देश्यसहित उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको जनाएको छ।
क्यान्डिडेट क्लब के हो र यसबाट उम्मेदवार कसरी छानिन्छन्? यस प्रक्रियामा आवेदन, योग्यता परीक्षण तथा नेतृत्वसम्बन्धी मूल्याङ्कनका चरण समावेश छन्। पार्टीले तोकेको मापदण्ड पूरा गर्ने आवेदकहरू छनोट प्रक्रियामा अघि बढ्नेछन्।
स्थानीय तह निर्वाचनको मिति घोषणा हुनुअघि नै रास्वपाले उम्मेदवार छनोटको तयारी अघि बढाएको हो।







0 कमेन्ट
पहिले लगइन वा दर्ता गर्नुहोस्
Administrator ले Registered-only comment mode सक्रिय गर्नुभएको छ।