काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक परे इरानको तेल कब्जा गर्न र पूरै देश नियन्त्रणमा लिन सक्ने बताएका छन्। उनले इरान अहिले कमजोर अवस्थामा रहेको दाबी गर्दै द्वन्द्व छिट्टै अन्त्य गर्न सकिने बताएका हुन्।
फ्लोरिडा जानुअघि ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले चाहे इरानको सम्पूर्ण तेल कब्जा गर्न सक्ने र देशलाई नै नियन्त्रणमा लिन सक्ने अभिव्यक्ति दिएका थिए।
इरानसँगको द्वन्द्व लामो समयसम्म चल्न सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले युद्ध छिट्टै अन्त्य गर्न सकिने बताए। तर, द्वन्द्व पूर्ण रूपमा अन्त्य गर्ने वा दबाब कायम राख्ने भन्ने विषयमा निर्णय गर्नुपर्ने उनको भनाइ थियो।
फ्लोरिडामा आयोजित र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाही हुन सक्ने सङ्केतसमेत गरेका थिए। उनले उल्लेख गरेको ‘एपिक फ्युरी’ नाम फेब्रुअरी २८ मा इरानविरुद्ध सुरु गरिएको अमेरिकी सैन्य अभियानसँग सम्बन्धित छ।
इरानमाथि पुनः आक्रमण गर्ने सम्भावनाबारे चर्चा भइरहेका बेला ट्रम्पको पछिल्लो अभिव्यक्तिले क्षेत्रीय तनाव थप बढ्न सक्ने चिन्ता बढाएको छ। यद्यपि, थप सैन्य कारबाही गर्ने विषयमा अन्तिम निर्णय भइसकेको पुष्टि छैन।







0 कमेन्ट
पहिले लगइन वा दर्ता गर्नुहोस्
Administrator ले Registered-only comment mode सक्रिय गर्नुभएको छ।